Pura Samachar

भारतमा २४ घण्टामा ९६ हजार जनामा कोरोना संक्रमण

प्रकाशित: September 19, 2020

भारतमा २४ घण्टामा ९६ हजार जनामा कोरोना संक्रमण

काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा ९६ हजार ४२४ कोरोना संक्रमित भेटिएका छन् । भारतमा कोरोना संक्रमितको संख्या ५२ लाख १४ हजार ६७७ पुगेको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ ।

तथ्यांक अनुसार ८४ हजार ३७२ जनाको ज्यान गइसकेको छ । पछिल्लो २४ घण्टामा भारतमा १ हजार १७४ कोरोना संक्रमितको मृत्यु भएको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ ।

भारत विश्वमै सबैभन्दा धेरै कोरोना संक्रमित हुने देशको सूचिमा अमेरिकापछि दोस्रो स्थानमा छ भने मृत्यु हुनेको सूचिमा अमेरिका र ब्राजिलपछि तेस्रो स्थानमा छ ।

भारतमा दैनिक ९७ हजारसम्म कोरोना संक्रमितको पहिचान भइरहेको छ । सार्वजनिक सवारी तथा रेल सेवा सञ्चालनमा आएसँगै भारतमा कोरोना संक्रमण तीव्र गतिमा फैलिरहेको तथ्यांकले देखाएको छ ।

प्रतिक्रिया