Pura Samachar

२४ घण्टामा देशभर थप ७६० जनामा कोरोना संक्रमण पुष्टि ,३२४ जना संक्रमणमुक्त

प्रकाशित: August 4, 2022
पूरा समाचार

२४ घण्टामा देशभर थप ७६० जनामा कोरोना संक्रमण पुष्टि ,३२४ जना संक्रमणमुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ७६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ९२६ जनाको परीक्षणमा ७६० जनामा संक्रमण पुष्टि भएको हो । जसमध्‍ये २ हजार ५८९ जनाको पीसीआर परीक्षण गर्दा ४९४ जना र ३ हजार ३३७ जनाको एन्टिजेन परीक्षण गर्दा २६६ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १ जनाको मृत्‍यु भएको छ ।

आज थपिएकासँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ५ हजार ६०२ पुगेको छ । पछिल्लो २४ घण्टामा ३२४ जना संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया