Pura Samachar

अर्थसचिव मधुकुमार मरासिनीको सरूवा

प्रकाशित: August 4, 2022
पूरा समाचार

अर्थसचिव मधुकुमार मरासिनीको सरूवा

अर्थसचिव मधुकुमार मरासिनीको सरूवा भएको छ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले मरासिनीको सरूवा गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।

‘आज बसेको मन्त्रिपरिषद् बैठकले अर्थसचिव मरासिनीको सरूवा गर्ने निर्णय गरेको हो’, ती मन्त्रीले भने, ‘अर्थसचिव त्यहाँ नरहने भन्ने भयो तर अर्थमा को लैजाने, उहाँलाई कहाँ लैजाने भनेर केही कुरा भएन।’

बजेट निर्माणका क्रममा अनधिकृत व्यक्ति संलग्न गराएको आरोप लगाउँदै  अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न चौतर्फी माग भइरहेका बेला अर्थसचिव मधुकुमार मरासिनी बिदामा बसेका थिए।

प्रतिक्रिया