Pura Samachar

भारतमा आज उपराष्ट्रपतिको निर्वाचन हुँदै

प्रकाशित: August 6, 2022
पूरा समाचार

भारतमा आज उपराष्ट्रपतिको निर्वाचन हुँदै

काठमाडौँ । भारतमा आज उपराष्ट्रपतिको निर्वाचन हुँदै छ । आज बिहान १० बजेदेखि साँझ ५ बजेसम्म संसद भवनमा उपराष्ट्रपतिको निर्वाचन हुँदै छ । साँझपछि नतिजा आउने सम्भावना छ ।

सत्तारुढ एनडीएले जगदीप धनखर र विपक्षीले उम्मेदवार मार्गरेट अल्भालाई उम्मेदवार बनाएका छन् । बङ्गालको पूर्वगर्भनर जगदीपको विजय प्राय निश्चित देखिएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्

यसअघि सत्तारुढ गठबन्धनको तर्फबाट द्रौपदी मुर्मु राष्ट्रपतिमा निर्वाचित भएकी थिइन् । उनी भारतको दोस्रो महिला तथा पहिलो आदिवासी राष्ट्रपति हुन् ।

प्रतिक्रिया