
काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीका नेताहरूले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गर्दैछन् ।आज दिउँसो ४ बजे प्रधानमन्त्री देउवासँग सरकारमा सहभागितासहित आफ्ना कार्यकर्तामाथि लगाइएका राजनीतिक मुद्दा फिर्ता लिने सम्बन्धमा पनि कुरा हुने लोसपा नेता शरतसिंह भण्डारीले बताए ।प्रधानमन्त्री देउवा लोसपालाई सरकारमा ल्याउने पक्षमा छन् । अर्को मधेसवादी दल जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले लोसपालाई सरकारमा ल्याउन इच्छुक छैनन् ।
प्रतिक्रिया