Pura Samachar

डा.सन्दुक रूइतलाई सुप्रसिद्ध प्रवल जनसेवा श्री (प्रथम) प्रदान गरिने

प्रकाशित: September 19, 2020

डा.सन्दुक रूइतलाई सुप्रसिद्ध प्रवल जनसेवा श्री (प्रथम) प्रदान गरिने

काठमाडौं– वरिष्ठ नेत्ररोग विशेषज्ञ डा.सन्दुक रुइतलाई सुप्रसिद्ध प्रबल जनसेवा श्री (प्रथम) बाट विभूषित गरिने भएको छ।

संविधान दिवसका अवसरमा ५९४ जनालाई मानपदवी, अलंकार र पदकद्वारा विभूषित गर्ने घोषणा गरिएकोमा डा.रूइतलाई सुप्रसिद्ध प्रबल जनसेवा श्री (प्रथम)बाट विभूषित गर्ने घोषणा गरिएको हो ।

यस्तै, प्रसिद्ध प्रबल जनसेवा श्री (द्वितीय) सर्वोच्च अदालतका न्यायाधीश दीपकुमार कार्की, अख्तियारका पूर्वप्रमुख आयुक्त नवीनकुमार घिमिरे, प्रधानसेनापति पूर्णचन्द्र थापा र सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले पाउने भएका छन्।

प्रतिक्रिया