Pura Samachar

नेपाली कांग्रेसले साउन ३० र ३१ गते स्थानीय तहका जनप्रतिनिधिलाई प्रशिक्षण दिने

प्रकाशित: August 8, 2022
पूरा समाचार

नेपाली कांग्रेसले साउन ३० र ३१ गते स्थानीय तहका जनप्रतिनिधिलाई प्रशिक्षण दिने

नेपाली कांग्रेसले साउन ३० र ३१ गते स्थानीय तहका जनप्रतिनिधिलाई प्रशिक्षण दिने भएको छ।

आज बालुवाटारमा बसेको पार्टी पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले प्रमुख र उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्षलाई प्रशिक्षण दिने निर्णय गरेको हो।

पार्टीबाट उम्मेदवार भई स्थानीय तहमा प्रमुख तथा उपप्रमुख र अध्यक्ष तथा उपाध्यक्ष जितेका जनप्रतिनिधिलाई प्रशिक्षण दिने गरी मिति तय गरिएको सहमहामन्त्री जीवन परियारले सेतोपाटीलाई बताए।

कांग्रेसले २०७४ को निर्वाचनपछि पनि जनप्रतिनिधिलाई प्रशिक्षण दिएको थियो।सरकार सञ्चालनलगायत विषयबारे जनप्रतिनिधिलाई कांग्रेसले प्रशिक्षण दिन लागेको छ।

प्रतिक्रिया