Pura Samachar

देशभर पछिल्लो २४ घण्टामा थप ९ सय ३४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि

प्रकाशित: August 8, 2022
पूरा समाचार

देशभर पछिल्लो २४ घण्टामा थप ९ सय ३४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ९ सय ३४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ५ हजार ३ सय ५१ जनाको नमूना परीक्षण गरिएको थियो ।

२ हजार ८सय ६२ जनाको पीसीआर र २ हजार ४ सय ८६ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ९ सय ३४ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

आइतबार ४ सय ७० जना संक्रमित संक्रमणमुक्त भएका छन् भने देशभर ५ हजार ६ सय ८६ जना सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै, २४ घण्टामा कोरोनाका कारण १जनाकाे मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया