Pura Samachar

गगन थापाले प्रहरीलाई भने– आदेश पालनाको नाममा संयम नगुमाउनोस्

प्रकाशित: September 19, 2020

गगन थापाले प्रहरीलाई भने– आदेश पालनाको नाममा संयम नगुमाउनोस्

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गगन थापाले पछिल्ला केही दिनदेखि जारी शान्तिपूर्ण प्रदर्शनमा भइरहेको सुरक्षाकर्मीको दमनको निन्दा गरेका छन् । उनले शनिबार बिहान सामाजिक सञ्जाल फेसबुकमा शान्तिपूर्ण प्रदर्शनमा भएका श्रृंखलावद्ध दमनको निन्दा गरेका हुन् ।

नेता थापाले नेपाल प्रहरीलाई आदेश पालनाको नाममा संयमता नगुमाउन पनि सचेत गराएका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई मदनले जनताको आवाज बन्द गर्ने हतियार उहिल्यै भुत्ते भइसकेको समेत स्मरण गराएका छन् ।

“शान्तिपूर्ण प्रदर्शनमा भएका श्रृखलावद्ध दमन निन्दनीय छ । यो ड्युटीका प्रहरीको आकस्मिक प्रतिक्रिया मात्र होइन विमति राख्नेलाई तर्साउने सरकारी रवैया हो । Nepal Police आदेश पालन गर्ने नाममा संयम नगुमाउनोस । प्रधानमन्त्रीज्यू स्मरण होस् दमनले जनआवाज बन्द गर्ने हतियार उहिले नै भुत्ते भइसक्यो,” नेता थापाले लेखेका छन् ।

प्रतिक्रिया