Pura Samachar

आर्थिक नाकेबंदी चाडै खोलिने

प्रकाशित: August 8, 2022
पूरा समाचार

आर्थिक नाकेबंदी चाडै खोलिने

डा. हरिमोहन पोखरेल

कोहिमा /गतः केही दिन अगाडिबाट मणिपुरमा चली रहेको आर्थिक नाकेबंदी चाडै नै समाप्त हुने कुरा राज्यका मुख्यमन्त्री एन बिरेनले बताएका छन।
आज अल मणिपुर ट्राइवेलस स्टूडेंट्स युनियन(अटसुम)ले आफ्ना केही माॅगहरू सरकार सामु राखेर राष्ट्रिय राजमार्ग -2 मा आर्थिक नाकेबंदी गर्दै आएको थियो ।
मुख्यमंत्री सचिवालयबाट प्राप्त समाचार अनुसार आज अटसुम र सरकार माझ एउटा सम्झौता भएको र अब चाँडै नै नाकेबंदी खोलिने कुरा भएको छ ।
स्मरण रहोस आर्थिक नाकेबंदीको कारण मणिपुरमा सामानको दाम आकाश छोएको छ भने केही स्थानहरूमा छिटफुट घटना पनि भएको खबर छ ।

प्रतिक्रिया