Pura Samachar

देशभर पछिल्लो २४ घण्टामा थप १ हजार  ९० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि

प्रकाशित: August 9, 2022
पूरा समाचार

देशभर पछिल्लो २४ घण्टामा थप १ हजार  ९० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप १ हजार  ९० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ६ हजार ३ सय  जनाको नमूना परीक्षण गरिएको थियो ।

२ हजार ९सय ५८ जनाको पीसीआर र ३ हजार ३ सय ४२ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा १ हजार  ९० जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

आइतबार ४ सय ३८ जना संक्रमित संक्रमणमुक्त भएका छन् भने देशभर ५ हजार ६ सय ८६ जना सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै, २४ घण्टामा कोरोनाका कारण  २ जनाकाे मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया