जाजरकोट । जाजरकोटको शिवालय गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष प्रेमबहादुर बस्नेतले एक बालकमाथि निर्घात कुटपिट गरेका छन् ।
वडा अध्यक्ष प्रेम बस्नेतले शनिबार साँझ रक्सी खाएर वडा नम्बर २ डुंग्राका १५ वर्षीय कृष्णबहादुर बस्नेतलाई निर्घात कुटपित गरेको उनका बुवा नहकुले बस्नेतले जानकारी दिए ।
गोठालोबाट फर्कदै गरेका बालक कृष्णबहादुरलाई वडा अध्यक्ष बस्नेतले बाटोमा चिर्पट, मुक्का, जग र लात्तीले हिर्काएको पीडितका बुवा नहकुलेले जानकारी दिए । वडा अध्यक्ष बस्नेतले ज्यान मार्नेसम्मको धम्की दिएको पिडित बालकले बताए ।
उनको हात, मुख र टाउँकोमा चोट लागेको पीडितका आफन्तले बताएका छन् । गोठालो गएको निर्दोष बालकमाथि कुटपिट गर्ने वडाअध्यक्षलाई कारबाही गर्नुपर्ने स्थानीयले माग गरेका छन् ।
वडा अध्यक्ष प्रेम बस्नेतले रक्सी खाएर बेलाबेला यस्ता हर्कत गर्ने गरेको र उनको यस्तो व्यवहार देखेर आजित भएको वडा नम्बर २ का लोकेन्द्र घर्तीले गुनासो गरे ।
चुनावमा भोट हालेर जिताएको जनप्रतिधिबाटै आफूहरु असुरक्षित हुँदा अहिले पश्चाताप भएको स्थानीयको गुनासो छ ।
बस्नेत २०७४ मा भएको स्थानीय तह निर्वाचनमा तत्कालिन नेकपा माओवादी केन्द्रबाट निर्वाचित वडाअध्यक्ष हुन ।
प्रतिक्रिया