
काठमाडौं । नेपाली कांग्रसले आउँदो प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्न आफ्ना मातहतका कमिटीलाई परिपत्र गर्ने निर्णय गरेको छ ।
शनिबार केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सो निर्णय गरेको हो । कांग्रेसको विधानअनुसार पार्टीले कमिटीले कम्तीमा तीनको जनाको नाम सिफारिस गर्नुपर्नेछ जसमा एक जना महिला अनिवार्य हुनुपर्ने निर्णय गरेको छ ।
बैठकले चुनावमा वितरण गर्ने प्रत्यक्ष र समानुपातिककाे टिकटमा हस्ताक्षर गर्ने अधिकार पार्टी सभापतिलाई दिने निर्णय पनि गरेको छ । सह महामन्त्री बद्री पाण्डेका अनुसार आजको बैठकले मङ्सिर ४ गते हुने निर्वाचनका लागि दल दर्ताको संयोजन गर्ने जिम्मेवारी पार्टी मुख्यसचिव कृष्ण पौडेललाई दिएको छ ।

प्रतिक्रिया