
आगामी ४ मंसिरमा तय भएको प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मोडालिटीबारे छलफल गर्न बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठक सकिएको छ।
पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकमा सिट बाँडफाँट कार्यदलमा भएका छलफलको बारेमा रिपोर्टिङ भएको छ।
बैठकमा सहभागी एक नेताका अनुसार निर्वाचनको तालमेल मोडालिटीबारे कार्यदलमा भएका विषयहरुको अध्यक्ष प्रचण्डलाई जानकारी गराइएको छ।
‘अध्यक्ष जापानबाट फर्किएपछि सिट बाँडफाँट कार्यदलमा भएको छलफलबारे औपचारिक रुपमा जानकारी गराइएको थिएन्,’ ती सदस्यले भने, ‘आजको बैठकमा विशेषतः तीनै विषयको रिपोर्टिङ भयो।’
सत्तारुढ गठबन्धनमा सिट बाँडफाँटबारे निर्णय लिन ११ सदस्यीय कार्यदल बनाएको छ। सो कार्यदलको प्रगतिबारे बैठकमा वर्षमान पुन र देव गुरुङले रिपोर्टिङ गरेका थिए।
‘सामान्य मोडालिटीको बारेमा छलफल भयो,’ गुरुङले भने, ‘निर्णय गर्ने तहसम्म केही भएको छैन्। छलफल मात्रै हो।’
प्रतिक्रिया