
काठमाडौं । आज कोभिड १९ को परीक्षण घट्दा नयाँ थपिएका संक्रमितको संख्यामा पनि केही कमि आएको छ भने दुई जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ३ हजार १६५ नमुना परीक्षण गर्दा २६३ जनामा कोरोना देखिएको छ ।
१ हजार ३९९ जनाको पीसीआर परीक्षण गर्दा १६२ जनामा र १ हजार ७६६ जनाको एन्टिजन परीक्षण गर्दा १०१ जनामा कोरोना देखिएको हो । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट दुई जनाको मृत्यु भएको छ ।
योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ९८६ पुगेको छ । त्यस्तै, आज देशभर ५०१ जना निको भएका छन् । योसँगै सक्रिय संक्रमितको संख्या पनि ५ हजार ४३४ मा झरेको छ ।
प्रतिक्रिया