Pura Samachar

म्यानचेस्टर सिटीकाे लगातार दोस्रो जीत

प्रकाशित: August 14, 2022
पूरा समाचार

म्यानचेस्टर सिटीकाे लगातार दोस्रो जीत

एजेन्सी – इंग्लिस प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटीले लिगको दोस्रो खेलमा बर्नमाउथलाई फराकिलो अन्तरले हराएको छ । म्यानचेस्टर सिटीले घरेलु मैदान इतिहाद रंगशालामा ४-० को जित दर्ता गरेको हो । सिटीका लागि इल्काए गुन्डोगन, केभिन डे ब्रुएन र फिल फोडेनले १-१ गोल गरे । एक गोल भने आत्मघाती गोल रहयो ।

खेलको १९ औं मिनेटमा गुन्डोगनले गोल गर्दै सिटीलाई सुरुवाती अग्रता दिलाए । उनले एर्लिङ हालान्डसँग वन टु पासको मुभपछि पेनाल्टी क्षेत्र भित्रबाट गोल गरेका थिए । ३१ औं मिनेटमा डे ब्रुएनले अग्रता दोब्बर परे । उनले बर्नमाउथको हाफको मध्य भागबाट बल अघि बढाउँदै पेनाल्टी क्षेत्र भित्रबाट आउटसाइड फुटले सुन्दर फिनिस गरे ।

३५ औं मिनेटमा डे ब्रुएनको पासमा फोडेनले चलाखीपूर्ण फिनिस गर्दै ३-० को अग्रता दिलाए । दोस्रो हाफको ७९ औं मिनेट जोआओ क्यान्सेलोको शक्तिशाली क्रस जेफर्सन लर्मालाई लाग्दै गोलमा परिणत भएपछि सिटी ४-० ले अघि बढ्यो ।

सिटीको यस जितसँगै २ खेलमा ६ अंक भएको छ । यसअघि सिटीले पहिलो खेलमा वेस्ट ह्यामलाई २-० ले पराजित गरेको थियो । त्यस्तै शनिबारको पहिलो खेलमा एस्टन भिल्लाले एभर्टनलाई २-१ ले पराजित गर्यो । घरेलु टोली भिल्लाले ड्यानी इंग्स र एमिलियानो बुएन्डियाले १-१ गोल गरे । भिल्लाकै लुकास डीग्नले गरेको आत्मघाती गोल एभर्टनको लागि सान्त्वना सिमित भयो ।

प्रतिक्रिया