Pura Samachar

२४ घण्टामा देशभर थप ८४८ जनामा कोरोना संक्रमण पुष्टि , ५२६ जना निको

प्रकाशित: August 16, 2022
पूरा समाचार

२४ घण्टामा देशभर थप ८४८ जनामा कोरोना संक्रमण पुष्टि , ५२६ जना निको

पछिल्लो २४ घण्टामा देशभर थप ८४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

मंगलबार ५ हजार ६१९ जनाको कोरोना परीक्षण गर्दा ८४८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार २ हजार ७२२ जनाको पिसिआर र २ हजार ८९७ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। हाल देशभर देशभर पाँच हजार २५९ जना सक्रिय संक्रमित छन्।

संक्रमणबाट पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको छ। यस्तै ५२६ जना डिस्चार्ज भएका छन्।

प्रतिक्रिया