Pura Samachar

जीप दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु

प्रकाशित: August 17, 2022
पूरा समाचार

जीप दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु

दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका–६ उल्लानीमा जीप दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

दार्चुलाका प्रमुख जिला अधिकारी दीर्घ राज उपाध्यायका अनुसार ५ जनाको घटना स्थलमा मृत्यु भएको र अन्य केही घाइते भएका छन् ।
जीप सडकबाट करीब पाँच सय मिटर तल खसेको छ ।

गोकुलेश्वरबाट दार्चुलाका लागि छुटेको से १ ज–५५१ नम्बरको जीप उल्लानीमा दुर्घटना भएको हो ।
घटनाको थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया