
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
भाद्र महिनामा सूर्य मेष राशिबाट पाँचौं घरमा गोचर भएको छ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । आर्थिक र व्यवसायिक समस्या समाधान हुनेछन् । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । विशिष्ट व्यक्तिको भेटघाटले मन प्रसन्न हुनेछ । लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् ।
वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
यो महिनामा नाक तथा घाँटीमा समस्या आउला । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । पढाइ लेखाइमा पनि प्रगति गर्न नसकिने देखिन्छ । मध्य महिनाबाट प्रेम प्रसङ्गमा सफलता मिल्नेछ । कुनै कुराले मनमा शान्ति छाउनेछ । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । भौतिक सम्पत्ति खरिद तथा बिक्रीको योग पनि छ ।
मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
यो महिनामा सामान्य र माध्यम रहनेछ । रोकिएका काम सम्पादन हुने र नयाँ काम पाइने योग छ । स्थानान्तरण र टाढाको यात्राको सम्भावना छ । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । सहयोगीहरूले राम्रो साथ दिनेछन् । आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । सामूहिक भ्रमणको योग पनि छ । शुभ कार्यको चर्चा समेत चल्नेछ ।
कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
साउन महिना कर्कट राशिका जातकका लागि फलदायी नै रहनेछ । कुनै कुराले मनमा शान्ति छाउनेछ । नयाँ ठाउँमा घुमफिर र मन्दिर दर्शनको योजना बन्नेछ । आफन्त वा नजिकको व्यक्तिको सहयोगबाट अधुरा कार्यले गति लिनेछ । आफ्नो मन पर्ने साथीको साथ र सहयोग पाउन सकिनेछ । कसै कसैका लागि सन्तान सुखको योग पनि छ ।
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
यो महिनाको सुरुका दिनमा बोलीको विपरीत अर्थ लाग्न सक्छ । शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । बाटो काट्दा वा यात्रा गर्दा पनि सचेत हुनुपर्छ । ११ गतेबाट विशिष्ट व्यक्तिको भेटघाटले मन प्रसन्न हुनेछ । राज्यका ठूला व्यक्तिले तपाइको मेहनतको कदर गर्नेछन् । मन पर्ने वस्त्र, अलंकार आदि उपहार पाइने योग पनि छ ।
कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
कन्या राशि हुनेहरूका लागि साउन महिनामा गरेको कार्यमा सफलता नै पाइनेछ । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । अचल सम्पत्ति हात पर्ने योग छ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । परिवारजनको सहयोगले गर्दा कमबाट फाइदा लिन सकिनेछ । वैदेशिक क्षेत्रको लगानी लाभदायक हुनेछ । विपरीत वर्ग प्रति आकर्षण पनि बढ्नेछ ।
तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
भाद्र महिनामा शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । छरछिमेकमा सम्पन्न हुने धार्मिक तथा सांस्कृतिक गतिविधिमा संलग्न हुनु पर्नेछ । विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ । वैदेशिक क्षेत्रबाट पनि सफलता मिल्नेछ । मध्य महिनाबाट बाटो काट्दा वा यात्रा गर्दा सचेत हुनुपर्छ । आफ्नो विचार विपरित निर्णय हुनेछ । अनावश्यक खर्च पनि बढ्न सक्छ ।
वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
यो महिनामा सूर्यको गोचर दशौं घरमा भइरहेको छ, यसले शक्तिशाली बनाउनेछ । नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । ठूला व्यक्तिले तपाईंको मेहनतको प्रशंसा गर्नेछन् । कला र गलाको प्रभाव बढ्नेछ । २२ गतेबाट सामाजिक र राजनैतिक कार्यमा बाधा आउनसक्छ । भ्रमण, स्वास्थ्यमा तथा सौन्दर्यतामा धन खर्च हुनेछ ।
धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
यो महिनामा यो महिनाको पूर्वार्द्ध आफन्त व्यक्तिले काम बिगारिदिने सम्भावना बलियो रहेको छ । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । महिनाको उत्तरार्धबाट भने धार्मिक कार्य, व्रत, पर्वको उत्सव मनाइने सम्भावना समेत रहेको छ । मन पर्ने वस्त्र, अलंकार उपहार आदि पाइने योग छ । सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ । प्रतिष्ठित काम गर्ने मौका छ । प्रेम सम्बन्धमा मधुरता पनि छाउनेछ ।
मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
यो महिनामा मिश्रित फल मिल्नेछ
व्यर्थको हैरानी पनि खेप्नु पर्नेछ । आफ्नो अधिकार प्राप्तिको लागि संघर्ष गर्नु पर्नेछ । १६ गतेबाट चलाखीपूर्ण बोलीले सङ्कल्प सिद्घ हुनेछ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिँदैन । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइनेछ ।
कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
यो महिनामा खर्च बढेपनि आम्दानी भन्दा बढी खर्च हुनेछैन । दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ । आम्दानी प्रशस्तै बढ्नेछ । नयाँ सवारी साधन प्राप्तिको योग छ । आतिथ्यपूर्ण सम्मान पाइएला । लामो यात्रा सुखद् र सफल हुनेछ । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । व्यवसायका लागि यात्रा सम्भावना छ । शैक्षिक क्षेत्रमा पनि सफलता मिल्नेछ ।
मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
यो महिनामा मनमा फूर्ति र उत्साह बढेकै हुनेछ । रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । विद्यार्थीहरूको सफलताको राम्रो सम्भावना छ । हर्ष र प्रसन्नताका बीचमा समय व्यतीत हुनेछ । सम्पत्ति लाभ गर्न अनुकूल प्रयास हुनेछन् । नजिकको व्यक्तिको सहयोगबाट कार्य पुरा हुनेछ । पुँजी बजारबाट पनि राम्रो सफलता मिल्नेछ ।
प्रतिक्रिया