
धादिङ । धादिङको गल्छी गाउँपालिका ६, चरौंदीबाट ना.४ ख २८२२ नम्बरको पेट्रोल बोकेको ट्याङ्कर त्रिशूली नदीमा खसेर आगलागी भएको छ ।
ट्याङ्कर चालक र सहचालक कहाँ छन् भन्ने बारेमा जानकारी नभएको ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक नेत्र भट्टले जानकारी दिए ।
नदीमा खसेको ट्याङ्कर पानीमा डुबेको छ भने केही भाग देखिएको छ । अहिले उद्धार भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया