Pura Samachar

बाँकेमा कोरोना संक्रमणबाट थप एकको मृत्यु

प्रकाशित: September 20, 2020

बाँकेमा कोरोना संक्रमणबाट थप एकको मृत्यु

नेपालगञ्ज । बाँकेमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । बाँकेमा कोरोना संक्रमणबाट मृत्युु हुने उनी १० औं व्यक्ति हुन् ।

नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २१ पुरैनीका ५९ वर्षीय पुरुषको शनिबार राति साढे ११ बजे उपचारका क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए । दुवै फोक्सोमा निमोनिया भएका ती पुरुषलाई प्लाज्मा थेरापीबाट उपचार गरेर रेम्डीसिभिर चलाउँदा समेत स्वास्थ्य अवस्था विग्रँदै गएपछि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।

स्वास्थ्यमा समस्या आएपछि भदौ २० गते भेरी अस्पताल भर्ना भएकाती पुरुषको २० गते नै स्वाब लिइएको थियो । २१ गते उनको कोरोना रिपोर्ट पोजिटिभ आएको थियो । कोरोना संक्रमणपछि नेपालगञ्जका मात्रै सात जनाको मृत्यु भइसकेको छ । यस्तै नरैनापुर, बैजनाथ र कोहलपुरका एक–एक जनाको पनि कोरोना संक्तमणबाट मृत्यु भएको छ ।

प्रतिक्रिया