Pura Samachar

चितवनमा छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु

प्रकाशित: August 19, 2022
पूरा समाचार

चितवनमा छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु

चितवनमा छुट्टाछुट्टै दुर्घटनामा आज तीन जनाको मृत्यु भएको छ।

इच्छाकामना गाउँपालिका–४ कुरिनटारमा ट्रकमा मोटरसाइकल ठोक्किँदा दुई जनाको तथा रत्ननगरका अर्का एक व्यक्तिको मृत्यु भएको हो।

काठमाडौँबाट नारायणगढतर्फ आउँदै गरेको ना६ख ५९१३ नम्बरको ट्रकमा सोही दिशाबाट आउँदै गरेको बा८८प ५३०१ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक र त्यसमा सवार दुवैको मृत्यु भएको हो।

पृथ्वी राजमार्गअन्तर्गत कुरिनटारमा भएको दुर्घटनामा परी मृत्यु हुनेमा मोटरसाइकल चालक दैलेखका २५ वर्षीय सरोज रोकाय र मोटरसाइकलमा सवार सर्लाहीको ईश्वरपुर गाउँपालिका–१ का ३१ वर्षीय सरोज माझी रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

प्रतिक्रिया