Pura Samachar

न्युजिल्याण्ड विजयी

प्रकाशित: August 20, 2022
पूरा समाचार

न्युजिल्याण्ड  विजयी

काठमाडौं । घरेलु टोली वेस्ट इन्डिजलाई दोस्रो एकदिवसीय क्रिकेटमा न्युजिल्याण्डले हराएको छ ।

बारबाडोसमा शनिबार बिहान भएको खेलमा न्युजिल्याण्ड ५० रनले विजयी भएको हो ।

जितसँगै तीन खेलको एकदिवसीय सिरिज १-१ को स्थितिमा पुगेको छ । अब दुई टोलीबीचको तेस्रो तथा निर्णायक एकदिवसीय आइतबार हुनेछ ।

पाहुना टोलीले दिएको २ सय १३ रनको लक्ष्य पछ्याएको घरेलु टोलीले ३५ ओभर ३  बलमा  सबै विकेट गुमाएर १ सय ६१ रन मात्र बनायो । उसका लागि याननिची कारियहले ५२ रनको अर्धशतकीय ईनिङ खेले ।

अल्जारी जोसेपले ४९ तथा कियक कार्टिक तथा शाही होपले समान १६/१६ रन बनाए ।

पाहुना टोलीका लागि टिम साउथीले ४ तथा ट्रेन्ट बोल्टले ३ विकेट लिए । मिचेल स्टानरले १ विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको पाहुना टोलीले ४८ ओभर २ बलमा अलआउट हुदै २ सय १२ रन बनाएको थियो । उसका लागि फिना एलेनले ९६ रनको अर्धशतकीय ईनिङ खेले ।

ड्यारियल मिचेलले ४१ तथा मिचेल स्टानरले अविजित २६ रन बनाए । ट्रेन्ट बोल्टले १६ तथा ग्लेन फिलिप्सले ९ रन बनाए ।

घरेलु टोलीका केभिन सिन्केलियरले ४ तथा जासन होल्डरले ३ विकेट लिए । अकिल होसेन २ तथा अल्जारी जोसेपले १ विकेट लिए ।

प्रतिक्रिया