Pura Samachar

भारतको राजस्थान ट्रक र ट्र्याक्टर  एक-आपसमा ठोक्किँदा ५ को मृत्यु

प्रकाशित: August 20, 2022
पूरा समाचार

भारतको राजस्थान ट्रक र ट्र्याक्टर  एक-आपसमा ठोक्किँदा ५ को मृत्यु

काठमाडौँ । छिमेकी मुलुक भारतमा सवारी दुर्घटनामा परी गएराति शुक्रबार पाँचजनाको मृत्यु भएको छ भने पच्चिसजना घाइते भएका छन् ।

भारतको राजस्थान राज्य अन्तर्गत् पर्ने पाली जिल्लामा ट्रक र ट्र्याक्टर  एक-आपसमा ठोक्किँदा दुर्घटना भएको हो । स्थानीय प्रहरीका अनुसार विपरीत दिशातर्फ गुडिरहेका ट्र्याक्टर र ट्रक अचानक एक-आपसमा ठोक्किँदा उक्त दुर्घटना भएको हो ।

घटनाबारे खबर प्राप्त भएसँगै घाइतेहरूलाई घटनास्थलबाट तत्कालै अस्पताल लगिएको भए पनि पाँचजनाको ज्यान बचाउन नसकिएको स्थानीय प्रहरीले बताएको छ । उपचाररत घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको अस्पतालका स्वास्थ्यकर्मीहरूले जनाएका छन् ।

दुर्घटनामा परेकामध्ये अधिकांश ट्र्याक्टर चढेर जयसल्मेर जिल्लास्थित राम मन्दिरतर्फ जाँदै  गरेका थिए । त्यही बेलामा तीव्र गतिमा आइरहेको ट्रकले ट्र्याक्टरलाई ठक्कर दिँदा मानवीय क्षति हुन पुगेको हो ।

घटनाका बारेमा जानकारी पाएपछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले गहिरो दुःख व्यक्त गरेका छन् । प्रधानमन्त्री  मोदीले घाइतेहरूको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै घाइते तथा मृतकका आफन्तजनप्रति सहानुभूति प्रकट गरेका छन् ।

प्रधानमन्त्री मोदीले मृतकहरूको आत्माको चिर शान्ति र घाइतेहरूको स्वास्थ्यलाभको कामना गरेका छन् ।

प्रतिक्रिया