
काठमाडौं । साताको पहिलो कारोबार दिन अर्थात आइतबार सुनको मूल्य स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाला सुनको भाउ तोलाको ९५ हजार ५ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन पनि सोही मूल्यमा कारोबार भएको थियो ।
महासंघका अनुसार आजका लागि तेजावी सुनको मूल्य ९५ हजार रुपैयाँ निर्धारण भएको छ ।यस्तै, आइतबार चाँदीको मूल्य भने घटेको छ। आज चाँदी तोलामा १५ रुपैयाँले घटेर १ हजार १७० रुपैयाँ कायम भएको छ ।
प्रतिक्रिया