Pura Samachar

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन गेटबाट एक किलो सुन एक जना पक्राउ

प्रकाशित: August 21, 2022
पूरा समाचार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन गेटबाट  एक किलो सुन  एक जना पक्राउ

काठमाडौं । मलद्वारमा लुकाएर एक किलो सुन तस्करी गर्ने एक जना पक्राउ परेका छन् । भारतीय नागरिक राहादानी नम्बर भी११२२८९० वाहक ३१ वर्षीय राहुल रेमानानलाई शनिबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन गेटबाट प्रहरीले पक्राउ गरेको हो ।

फ्लाई दुबईको उडानद्वारा दुबईबाट काठमाडौं आएका राहुललाई शंका लागि प्रहरीले नियन्त्रणमा लिएर काठमाडौं मेडिकल कलेजमा एक्स–रे गराउँदा पेटभित्र शंकास्पद वस्तुको आकृति देखिएपछि पुनः प्रहरी वृत्त गौशालामा लगि शौच गराउँने क्रममा मलद्वारबाट बेलनाकार सुनको ४ वटा पोका फेला परेपछि पक्राउ गरेको हो ।

प्रतिक्रिया