Pura Samachar

सुनचाँदीको मूल्य घटयो

प्रकाशित: August 22, 2022
पूरा समाचार

सुनचाँदीको मूल्य घटयो

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले र चाँदी प्रतितोला ५ रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९५ हजार ३०० रूपैयाँ र तेजावी सुनको मुल्य प्रतितोला ९४ हजार ८ सय रुपैयाँ कायम भएको छ । त्यस्तै, चाँदी आज प्रतितोला ११ सय ६५ रुपैयाँ कायम भएको छ ।

आईतवारका दिन स्थानीय बजारमा सुनको मूल्य स्थिर रहेको थियो भने चाँदीको भाउमा सामान्य गिरावट आएको थियो ।

प्रतिक्रिया