
काठमाडौं । १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा काठमाडौंबाट दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भारतीय नागरिक ३१ वर्षीय ओमबाबु गुप्ता र २२ वर्षीय चन्दन गुप्ता छन् ।
उनीहरूले डरत्रास देखाएर ती बालिकालाई बलात्कार गरेको सूचनापछि प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
प्रतिक्रिया