Pura Samachar

अनसनमा रहेका डा. केसीलाई जबरजस्ती अस्पताल लगियो

प्रकाशित: September 20, 2020

अनसनमा रहेका डा. केसीलाई जबरजस्ती अस्पताल लगियो

काठमाडौं । चिकित्सा शिक्षामा सुधारको माग राख्दै १९ औं अनसनमा बसेका डा. गोविन्द केसीलाई शनिबार राति प्रहरीले जबर्जस्ती उठाएर अस्पताल लगेको छ ।

करिब पौने एघार बजे प्रहरीले उनलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगेको हो ।

डा. केसीको नियमित स्वास्थ्य निगरानी गरिरहेका चिकित्सकले शनिबार दिउँसो अस्पताल लैजानुपर्ने सुझाव दिएका थिए । तर उनले अस्पताल जान मानेका थिएनन् ।

अस्पताल लगिएपछि डा. केसीले अस्पतालको आईसीयूबाट माग पूरा गुर्नको साटो प्रहरीले अपहरण शैलीमा उठाएकाले कुनै पनि उपचार नलिने बताएका छन् ।

प्रतिक्रिया