Pura Samachar

जल तथा मौसम पूर्वानुमान महाशाखाले गर्मीबाट बच्न आवश्यक सतर्कता अपनाउन आग्रह

प्रकाशित: August 23, 2022
पूरा समाचार

जल तथा मौसम पूर्वानुमान महाशाखाले गर्मीबाट बच्न आवश्यक सतर्कता अपनाउन आग्रह

पछिल्लो समय यता काठमाडौंमा तापक्रम वृद्धि भएपछी जल तथा मौसम पूर्वानुमान महाशाखाले गर्मीबाट बच्न आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।

आज दिउँसो काठमाडौं उपत्यकामा अधिकतम तापक्रम ३१ डिग्री सेल्सियस पुगेको छ भने न्युनतममा २९ डिग्री सेल्सियस रहेको छ। मनसुनको मध्ये समय सकिए पछि काठमाडौं उपत्यका लगायत अरु विभिन्न स्थानहरुमा समेत पानि परेको छैन।

यस्तै वर्षा नभएको कारण विगत केही दिनदेखि वायुको तापक्रममा वृद्धि भइरहेको छ। आज पनि वृद्धि हुने क्रममै रहेकाले गर्मीबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध गर्दै महाशाखाले आफ्नो प्रेस नोटमा उल्लेख गरेको छ। साथै अहिले तराई क्षेत्रमा पानी नपर्नाले बालीनालीमा असर पुगेको बताइएको छ।

प्रतिक्रिया