Pura Samachar

सुनचाँदीको मूल्य घटयाे

प्रकाशित: August 23, 2022
पूरा समाचार

सुनचाँदीको मूल्य घटयाे

काठमाडौँ ।  साताको तेस्रो दिन आज मंगलबार सुनचाँदीको मूल्य घटेको छ ।

सोमबार प्रतितोला ९५ हजार ३ रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार ३ सयले घटेर ९५ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै तेजाबी सुन प्रतितोलामा ९४ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य पनि मंगलबार ५ रुपैयाँले घटेर १ हजार १ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया