Pura Samachar

बलिउड अभिनेता अमिताभ बच्चनलाई कोरोना भाइरस संक्रमण

प्रकाशित: August 24, 2022
पूरा समाचार

बलिउड अभिनेता अमिताभ बच्चनलाई कोरोना भाइरस संक्रमण

बलिउड अभिनेता अमिताभ बच्चनलाई कोरोना भाइरस संक्रमण भएको छ ।सामाजिक सञ्जालमा लेख्दै अमिताभले संक्रमण देखिएको जानकारी दिएका छन् ।

उनले लेखेका छन्, ‘म केही समयअघि कोरोना पोजिटिभ देखिएको छु । जो पनि मेरो सम्पर्कमा आउनुभएको थियो, कृपया परीक्षण गराउनुहोला ।’

अमिताभ हाल ‘कौन बनेगा करोडपति १४’ शो सञ्चालन गरिरहेका छन् । शोका क्रममा उनी विभिन्न व्यक्तिको सम्पर्कमा आउने गरेका छन् ।

प्रतिक्रिया