Pura Samachar

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई कोरोना संक्रमण

प्रकाशित: August 24, 2022
पूरा समाचार

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई कोरोना संक्रमण

काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई कोरोना भएको छ । सत्ता गठबन्धनको सिट बाँडफाँटमा काम गरिरहेका नेता सिटौलालाई कोरोना भएपछि घरमै आइसोलेसनमा बसेका छन् ।

सिटौला निटक नेपाल विद्यार्थी संघका महामन्त्री बलदेव तिमिल्सिनाका अनुसार आजै दिउँसो २ बजे सिटौला ह्याम्स अस्पताल धुम्बाराहीमा भर्ना हुँदैछन् ।

छाति दुख्ने, खोकी लाग्ने र जिउँ दुख्ने समस्या रहेका सिटौलाको रगतमा हेमोग्लोबिनको मात्रामा पनि कमी देखिएपछि चिकित्सकले अस्पताल भर्ना भएर चिकित्सकको निगरानीमा बस्न सल्लाह दिएका हुन् ।

नेता सिटौला सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदलका संयोजक समेत हुन् । उनकै नेतृत्वमा सत्ता गठबन्धन कार्यदलले सिट बाँडफाँटको गृहकार्य गरिरहेको थियो ।

कार्यदलस्तरमा सिट बाँडफाँटमा कुरा नमिलेपछि सिटौलाले शीर्ष नेताहरुसँग आफै वार्ता गरेर सिट बाँडाफाँटको प्रयास गरिरहेका थिए ।

भदौ पहिलो साताभित्रै टुंग्याउने भनिएको सिट बाँडफाँट सिटौलाले धेरै प्रयास गर्दा पनि मिलिसकेको थिएन । सिटौला अस्पताल भर्ना भएपछि सिट बाँडफाँटको संयोजन गर्ने जिम्मा अरु कोही नेताले पाउँछ वा ढिला हुन्छ भन्ने प्रस्ट भइसकेको छैन ।

प्रतिक्रिया