Pura Samachar

सेयर बजार परिसूचक नेप्से सामान्य अंकले बढयाे

प्रकाशित: August 24, 2022
पूरा समाचार

सेयर बजार परिसूचक नेप्से सामान्य अंकले बढयाे

काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार सेयर बजार परिसूचक नेप्से सामान्य अंकले बढेको छ । मंगलबार १.८५ अंकले बढेको नेप्से आज २.८७ अंकले बढेर कारोबार बन्द भएको छ ।

आज ०.१४ प्रतिशतले बढेर २०५७.८५ बिन्दुमा पुगेको छ । आज २२३ कम्पनीका ३६ लाख ७८ हजार ७०५ कित्ता सेयर किनबेच भएको छ ।

कारोबार अवधिभर आज एक अर्ब ५२ करोड ६१ लाख ८६ हजार ३१७ रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज सेन्सटिभ इन्डेक्स पनि ०.१५ प्रतिशतले बढेर ३९८.२९ को बिन्दुमा पुगेको छ ।

आज १३ वटा उपसमूहमध्ये सात वटा उपसमूहको समूहगतसूचक बढेको छ । यस्तै, ६ वटा उपसमूहको परिसूचक घटेको छ ।

प्रतिक्रिया