
काठमाडौं । पछिल्लो २४ घण्टामा ४ सय ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४१७७ जनाको कोरोना परीक्षण गर्दा ४८७ जनामा कोरोना देखिएको हो।
१८ सय ६ जनाको पीसीआर परीक्षण गर्दा २४२ र २३ सय ७१ जनाको एन्टीजेन परीक्षण गर्दा २४५ जनामा कोरोना देखिएको छ।
पछिल्लो २४ घण्टामा थप एक संक्रमितको मृत्यु भएको छ।
प्रतिक्रिया