
काठमाडौं । न्याय परिषदले २१ जिल्ला न्यायाधीशहरुको पदस्थापन गरेको छ । परिषदको बैठकले गत साउन ३१ गते नियुक्ति सिफारिस गरिएका २१ जिल्ला न्यायाधीशलाई विभिन्न जिल्ला अदालतमा पोष्टिङ गरेको हो ।
एक नम्बरमा सिफारिस भएका न्यायाधीश टेकबहादुर कार्कीलाई सुनसरी जिल्ला अदालतमा पदस्थापन गरिएको छ भने दुई नम्बरमा सिफारिस भएका प्रकाश कोइरालालाई मोरङ जिल्ला अदालतमा पठाइएको छ ।
जगन्नाथ पौडेल (धनुषा), विष्णुकुमार रेग्मी (रुपन्देही), पुरुषोत्तम नेपाल (पर्सा), राजेश्वर अर्याल (मोरङ), महेन्द्रबहादुर थापाक्षेत्री (कास्की), भीमबहादुर निरौला (झापा), रामानन्दप्रसाद अधिकारी (कपिलवस्तु), मोहन सुवेदी (मोरङ), सुरेशराज खनाल (सुनसरी), निर्मला शर्मा सुवेदी (चितवन), हर्कबहादुर क्षेत्री (सप्तरी), पूर्णिमा कोइराला (रौतहट), तारादेवी महर्जन )बारा), डल्लुराम चौधरी (कैलाली), ताराकुमारी शर्मा (दाङ) र भगवती शर्मा ढुङ्गाना पर्सा जिल्ला अदालतमा पदस्थापन भएका छन् ।

प्रतिक्रिया