Pura Samachar

देशभर थप ४४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि,तीन जनाको मृत्यु

प्रकाशित: August 25, 2022
पूरा समाचार

देशभर थप ४४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि,तीन जनाको मृत्यु

पछिल्लो २४ घन्टामा देशभर थप ४४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार ४४४ जनामा संक्रमण पुष्टि भएको हो।

४ हजार ९५४ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्।

१९९६ जनाको पिसिआर र २९५८ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। अहिले देशभर ४१९९ जना सक्रिय संक्रमित छन्।३०७ जना संक्रमित निको समेत भएका छन्। कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा तीन जनाको मृत्यु भएको छ।

प्रतिक्रिया