Pura Samachar

काठमाडौँ जिल्ला अदालतले काठमाडौँ महानगरपालिकालाई नक्सा पासको विवरण बुझायाे

प्रकाशित: August 25, 2022
पूरा समाचार

काठमाडौँ जिल्ला अदालतले काठमाडौँ महानगरपालिकालाई नक्सा पासको विवरण बुझायाे

काठमाडौँ- काठमाडौँ जिल्ला अदालतले काठमाडौँ महानगरपालिकालाई नक्सा पासको विवरण बुझाएको छ । महानगरले अदालतसँग नक्सा पासको विवरण माग गर्दै पत्र पठाएको थियो ।

काठमाडौँ महानगरपालिकाको सहरी तथा भवन विकास विभागका प्रमुख सुरज शाक्यले अदालतबाट भर्खरै नक्सा पासको विवरण प्राप्त भएको जानकारी दिए । महानगरका अनुसार अदातलको अन्डरग्राउन्ड पार्किङकै प्रयोजनका लागि रहेको छ । पछिल्लो समय महानगरले नक्साविपरीत संरचना निर्माण भएका भवनमा डोजर चलाउने अभियानलाई तीब्रता दिएको छ ।

प्रतिक्रिया