Pura Samachar

नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक आजबाट सुरु हुँदै

प्रकाशित: August 26, 2022
पूरा समाचार

नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक आजबाट सुरु हुँदै

काठमाडौँ । नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक आजबाट सुरु हुँदै छ ।

आज र भोलि बस्ने केन्द्रीय कमिटी बैठकले पोलिटब्युरो बैठकले तय गरे एजेण्डामाथि छलफल गर्ने भएको छ।

बिहीबार बसेको पोलिटब्युरो बैठकले आगामी निर्वाचनको तयारी, निर्वाचनमा उमेदवारको छनोटसम्बन्धी मापदण्ड, वर्तमान अवस्था समेटिएको अध्यक्ष केपी ओलीको राजनीतिक प्रतिवेदन पेस गर्नेलगायतका केन्द्रीय कमिटीका एजेन्डा तय गरेको छ ।

यी एजेण्डामाथि छलफल गरेर केन्द्रीय कमिटी बैठकले पारित गर्नेछ ।

प्रतिक्रिया