Pura Samachar

सर्लाहीको गोडैता बजारआईएमईमा पसलमा लुटपाट ८ लाखभन्दा बढी रकम लिएर फरार

प्रकाशित: August 26, 2022
पूरा समाचार

सर्लाहीको गोडैता बजारआईएमईमा पसलमा लुटपाट ८ लाखभन्दा बढी रकम लिएर फरार

  • सर्लाही । सर्लाहीको दक्षिणी क्षेत्रमा पर्ने गोडैता बजारमा सञ्चालनमा रहेको एक आईएमईमा आज शुक्रबार बिहान करिब १० बजेको समयमा डकैती भएको छ । नकाबधारी समूहले हतियार देखाई ८ लाखभन्दा बढी रकम लिएर फरार भएका हुन् ।

घटनालगत्तै प्रहरी नायब उपरीक्षकको कमान्डमा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । चार जनाको समूहमा हतियारसहित आएका नकाबधारीको समूहले गोडैता नगरपालिका वडा न. ८ बजारमा सञ्चालनमा रहेको आईएमई पसलमा लुटपाट गरेका हुन् ।

लुटेराको समूहले आईएमईको एक थान कम्प्युटरसहित ८ लाख ५० हजार रुपैयाँ लुटेर लगेको प्रहरीले जनाएको छ । बिहान १० बजेको समयमा दुई वटा मोटरसाइकलमा चार जना नकाबधारी समूह हतियार देखाई लुटपाट गरेको सञ्चालक शुभनारायण पण्डितले बताउनु भयो ।

घटनाको जानकारी पाए लगत्तै त्यस क्षेत्रमा व्यापकरुपमा प्रहरी परिचालन गरिएको छ । प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक विजय यादवको नेतृत्वमा त्यस क्षेत्रमा प्रहरी परिचालन गरिएको हो ।

प्रहरी नायब उपरीक्षक यादवले घटना बारेमा सोधपुछ तथा लुटेरा समूहको पहिचानमा प्रहरी जुटेको बताए । उनले यस घटनामा सुक्ष्म तरिकाले अनुसन्धान सुरु भएको समेत जानकारी दिए ।

प्रतिक्रिया