Pura Samachar

साप्ताहिक राशिफल(भदौ १२ देखि १८ गतेसम्म)

प्रकाशित: August 27, 2022
पूरा समाचार

साप्ताहिक राशिफल(भदौ १२ देखि १८ गतेसम्म)

मेष– यो साता ठीक समयमा सही निर्णय लिन सकिनेछ । आफन्तसँग रमाइलो भेटघाट हुनेछ । धर्म, तथा समाजसेवामा मन लाग्नेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । कुनै कुराले मनमा शान्ति छाउनेछ । पुँजी बजारमा लगानी गर्दा पछि फाइदा हुनेछ । प्रेममा मधुरता पनि छाउनेछ । यो साताका लागि शुभ अङ्क १,८ र शुभ रङ्ग हरियो वा पर्पल हो । कुनै शुभकर्म गर्नु पूर्व विष्णु भगवानको दर्शन गरी आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

वृष– यो साता महत्त्व पूर्ण अवसर गुम्न सक्नेछ । प्रेममा समेत अविश्वासको वातावरण सिर्जना हुन सक्छ । मध्य साताबाट आतिथ्यपूर्ण सम्मान पाइएला । लामो समयदेखि रोकिएका अधुरा कामहरू पूरा हुनेछन् । पुँजी बजारबाट लाभनै मिल्नेछ । यो साताका लागि शुभ अङ्क २,६ र शुभ रङ्ग घ्यू रङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व शिवजीको दर्शन गरी कार्य आरम्भ गर्नाले अधिक लाभ र सफलता हात पर्नेछ ।

मिथुन– यो साता कुनै महत्त्वपूर्ण कामको जिम्मेवारी आइलाग्नसक्छ । वैदेशिक कार्य अघि बढ्नेछ । प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेको छ । टाढिएका मित्रसँग नजिकिने समय छ । रमणीय र सुखद् यात्राको योग पनि छ । मध्य सातामा झन्झटिलो काममा संलग्न हुनुपर्ने समय छ । यो साताका लागि शुभ अङ्क १,३ र शुभ रङ्ग पर्पल वा सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व गणेशजीको दर्शन गरी कार्य आरम्भ गर्नाले अधिक सफलता हात पर्नेछ ।

कर्कट– यो साताको सुरुका दिनमा अध्ययनमा रुचि जाग्नुका साथै नयाँ कमको योग रहेको देखिन्छ । धार्मिक र सांस्कृतिक समारोहमा सरिक हुने सम्भावना छ । साताको मध्य भागमा आफूलाई कमजोर भएको अनुभूति हुनेछ । नजिकका व्यक्तिसँग वादविवाद र झमेलामा परिनेछ । यो साताका लागि शुभ अङ्क १,४ र शुभ रङ्ग निलो हो । कुनै शुभकर्म गर्नु पूर्व विष्णुजीको स्मरण गरी यात्रा गर्नाले सफलता मिल्नेछ ।

सिंह– यो हप्तामा मङ्गल कार्यको योग छ । रमणीय र सुखद् यात्राको योग छ । आफन्तहरूको सहयोगले कामहरू अगाडि बढ्नेछन् । नसोचेको ठाउँबाट धन हात पर्नेछ । कला, साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । लगानीको सम्भावना छ र फाइदा नै हुनेछ । शत्रु पनि क्षय होलान् । यो साताका लागि शुभ अङ्क ५,९ र शुभ रङ्ग सुन्तला रङ हो । कुनै शुभकर्म गर्नु पूर्व बगलामुखीको दर्शन गरी कार्य आरम्भ गर्नाले सफलता मिल्नेछ ।

कन्या– यो साता प्रतिस्पर्धीहरूले तपाईंको खुट्टा तान्ने प्रयास गर्नसक्छन् । कसैसँग बोल्दा वा ठट्टा गर्दा बढी सतर्कता अपनाउनुहोला । मालसामान हराउन सक्छ । आर्थिक क्षेत्रमा पनि सङ्कट आउन सक्छ । साताको अन्त्यमा विशेष यात्राका अवसरहरू मिल्नेछन् । टाढिएका मित्रसँग नजिकिने समय पनि रहेको छ । यो साताका लागि शुभ अङ्क ६,७ र शुभ रङ्ग गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व शिवजीको दर्शन गर्नाले अधिक सफलता हात पर्नेछ ।

तुला– यो साता शुभकार्यको चर्चा चल्नेछ । मित्र जनको साथ सहयोगले उल्लेख्य कार्य सम्पादन हुनेछ । शेयर कारोबारमा लगानी गर्दा पछि फाइदा मिल्नेछ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । आर्थिक र व्यवसायिक समस्या समाधान हुनेछन् । यो साताका लागि शुभ अङ्क ५,६ र शुभ रङ्ग रातो वा घ्यू रङ्ग हो। कुनै शुभकर्म गर्नु पूर्व महादेवको स्मरण गरी आरम्भ गर्दा अधिक लाभ हुनेछ ।

वृश्चिक–यो सातामा धार्मिक यात्राको योग छ । विशिष्ट व्यक्तिबाट पुरस्कार तथा हौसला प्राप्त हुनेछ । अध्ययनअध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । मन पर्ने वस्त्र, अलंकार आदि पाइने योग छ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउला । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । यो साताका लागि शुभ अङ्क २,८ र शुभ रङ्ग कालो सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व हनुमानजीको स्मरण गर्नाले अधिक सफलता हात पर्नेछ ।

धनु– यो साता ठीक समयमा सही निर्णय लिन सकिनेछ । मनोरञ्जनका साथै धार्मिक कार्यमा रुचि बढ्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । बन्धु बान्धवबाट विशेष सहयोग मिल्नेछ । घरमा अतिथिको आगमन हुनेछ । व्यापार व्यवसायबाट आम्दानी हुनेछ । रोजगारको अवसर पनि मिल्नेछ । यो साताका लागि शुभ अङ्क ४,९ र शुभ रङ्ग पहेँलो वा खैरो हो । कुनै शुभकर्म गर्नु पूर्व क्ष्म्मीनारायणको दर्शन गरी कार्य गर्दा राम्रो हुनेछ ।

मकर– यो साता यात्रामा सावधानी अपनाउनु पर्नेछ । हेलचेक्र्याइँले काममा उल्टो परिणाम दिन

सक्छ । कलहको योग भएकाले कसैसँग बोल्दा वा ठट्टा गर्दा सतर्कता अपनाउनुहोला । शेयर बजारको लगानी पनि कमजोर रहला । मध्य सातामा चलाखीपूर्ण बोलीले काम सफल हुनसक्छ । साथी भाइको भेटघाटले मन प्रफुल्ल रहला । उपहार पाइने सम्भावना पनि छ । यो साताका लागि शुभ अङ्क ३,७ र शुभ रङ्ग गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व भैरवजीको दर्शन गर्नाले सफलता हात पर्नेछ ।

कुम्भ– यो सातामा पारिवारिक भेटघाट हुनुका साथै इस्टमित्रहरूसँग मेलमिलाप हुनेछ । विशिष्ट व्यक्तिको सहयोग मिल्ला । नजिकको व्यक्तिको सहयोगबाट कार्य पुरा हुनेछ । इच्छा र आकाङ्क्षा पूर्ण हुनसक्छ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । प्रेम सम्बन्धमा पनि सफलता पाइनेछ । यो साताका लागि शुभ अङ्क ४,८ र शुभ रङ्ग पर्पल हो । कुनै शुभकर्म गर्नु पूर्व आफ्नो अग्रज जनाको आशीर्वाद लिई कार्य गर्नाले सफलता मिल्नेछ ।

मिन–यो हप्तामा नयाँ कार्यको योजना बन्नेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । भौतिक वास्तु खरीद बिक्रीको योग पनि छ । मध्य सातामा आफूलाई कमजोर भएको अनुभूति हुनेछ । अनावश्यक ठाउँमा धन खर्च बढ्न सक्छ । यो साताका लागि शुभ अङ्क ५,९ र शुभ रङ्ग खैरो वा कालो हो । कुनै शुभकर्म गर्नु पूर्व गणेशजीको स्मरण गरी कार्य आरम्भ गर्नाले अधिक सफलता हात पर्नेछ ।

प्रतिक्रिया