Pura Samachar

अफगानिस्तानकाे एसिया कप क्रिकेटमा विजयी सुरुआत

प्रकाशित: August 28, 2022
पूरा समाचार

अफगानिस्तानकाे एसिया कप क्रिकेटमा विजयी सुरुआत

काठमाडौं । अफगानिस्तानले एसिया कप क्रिकेटमा विजयी सुरुआत गरेको छ ।

दुबईमा शनिबार भएको उद्घाटन खेलमा पाँच पटकको च्याम्पियन श्रीलंकालाई ८ विकेटले हराउँदै अफगानिस्तानले सुखद सुरुआत गरेको हो ।

श्रीलंकाले दिएको १ सय ६ रनको लक्ष्य अफगानिस्तानले १० ओभर १ बलमा मात्र २ विकेट गुमाएर पूरा गर्यो ।

अफगानिस्तानको जितमा रहमानउल्लाह गुर्बाजले ४० रन बनाए ।

यस्तै हज्रातउल्लाह जाजईले अविजित रहदै ३७ रन जोड्दा इब्राहिम जाड्रनले १५ रन बनाए ।

श्रीलंकाका वानिन्दु हसरंगा डी सिल्भाले १ विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको श्रीलंकाले १९ ओभर ४ बलमा अलआउट हुँदै १ सय ५ रन बनाएको थियो ।

श्रीलंकाका लागि भानुका राजपाक्षले सर्वाधिक ३८ रन जोड्दा चामिका करुनारत्नेले ३१ रन बनाए । दनुस्का गुनाथिलका १७ रनमा आउट भए ।

श्रीलंकालाई सस्तैमा समेट्न अफगानिस्तानका फजलहक फारुकीले ३ विकेट लिए ।

मुजिब उर् रहमान र मोहमद नाबीले २/२ विकेट लिए ।

जितसँगै समूह बी को अफगानिस्तानले पहिलो खेलमै २ अंक जोडेको छ।

प्रतियोगिताको दोस्रो खेलमा आईतबार भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया