Pura Samachar

पिएसजीले आज मोनाकोसँग खेल्दै

प्रकाशित: August 28, 2022
पूरा समाचार

पिएसजीले आज मोनाकोसँग खेल्दै

काठमाडौं, भदौ १२ फ्रेन्च क्लब पिएसजीले नयाँ सिजन २०२२–२३ अन्तर्गत घरेलु लिग १ को चौथो खेल आज मोनाकोसँग खेल्दै छ । यो खेलका लागि मोनाको पाहुना टोली बनेर पेरिसमा उत्रिनेवाला छ । गत राति पिएसजीले आफ्नो प्रारम्भिक टोली घोषणा गरेको छ । प्रमुख प्रशिक्षक क्रिस्टोफ गाल्टियरले मोनाकोविरुद्धको पहिलो लेगको खेलका लागि अधिकांश प्रमुख खेलाडीलाई समावेश गरेर आफ्नो टोली घोषणा गरेका हुन् ।

सुरुका ३ वटै खेलमा शानदार जित निकालेको पिएसजी आज राति चौथो खेलमा आफ्नो घरमा मोनाकोविरुद्ध उत्रिँदा लगातार चौथो जितको खोजीमा हुनेछ । यो खेल पिएसजीको मैदान पार्क डे प्रिन्सेस रंगशालामा नेपाली समय अनुसार मध्य राति ठीक १२ः३० बजेबाट सुरु हुनेछ । पिएसजीले यसअघि पहिलो खेलमा क्लेरमोन्ट फुटविरुद्ध उसकै घरमा ०–५ को फराकिलो जित निकाल्दा दोस्रो खेलमा आफ्नो घरेलु मैदानमा मोन्टपेलियरविरुद्ध ५–२ को जित निकालेको थियो । तेस्रो खेलमा साबिक च्याम्पियन लिललाई उसकै घरमा १–७ ले चुटेको थियो ।

प्रतिक्रिया