
काठमाडौं । सत्ता गठबन्धन कार्यदलको बैठक आज पनि बस्दै छ। प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न ४ बजे बैठक बस्न लागेको हो ।
आगामी मंसिर ४ को प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनको सिट बाँडफाँडबारे बैठकमा छलफल हुने स्राेतले जनाएकाे छ।
हालसम्म गठबनधनमा रहेका दलमध्ये कांग्रेसले १००, माओवादीले ६०, एकीकृत समाजवादीले ४०, जसपाले ३२ र जनमोर्चाले २ सिटमा दाबी गरेकाे छ । १६५ निर्वाचन क्षेत्रमध्ये करिब ४० सिटमा कांग्रेसको एकल दाबी छ ।
१६५ निर्वाचन क्षेत्रमध्ये करिब ६ सिटमा जसपाको र दुई सिटमा एकीकृत समाजवादीको एकल दाबी रहेकाे छ। तर, राष्ट्रिय जनमोर्चाले दाबी गरेका दुई सिटमा भने गठबन्धनभित्र दोहोरो दाबी देखिएकाे छ ।
प्रतिक्रिया