
काठमाडौं । मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
हेटौंडा उपमहानगरपालिका १८ कठायत चोकमा गएराति जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको हो । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका १ का ३१ वर्षीय धर्मेन्द्र राम थारु रहेका छन् । गम्भीर घाइते भएका उनको उपचारका क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
ठुलोदमारबाट हटियातर्फ आउँदै गरेको ना ५ च २९९ नम्बरको जिपले सडक छेउमा रोकिराखेको बा ४४ प ३८०२ नम्बरको मोटरसाइकललाई गएराति साढे ९ बजे ठक्कर दिएको हो ।
प्रतिक्रिया