काठमाडौं, २५ जेठ । लकडाउनसँगै बन्द भएका मालपाेत कार्यालयहरू अढाई महिनापछि खुलेका छन् । सरकारले कोरोना भाइरस रोकथामका लागि गत चैत ११ गतेदेखि जारी गरेको लकडाउनको अवधि नसकिँदै देशभरका भूमिसुधार तथा मालपोत कार्यालयहरू आजदेखि खुला गरेकाे हाे ।
भूमि व्यवस्थापन तथा अभिलेख विभागले शनिबार ने एक सूचना जारी गरेर आइतबारदेखि मालपाेत कार्यालय खुल्ने जनाएकाे थियाे । यससँगै काठमाडाैँ लगायत विभिन्न जिल्लामा मालपाेत कार्यालयले केही निश्चित सेवाहरू सुरू गरेका छन् ।
आइतबार बिहान १० बजेदेखि नै मालपाेत कार्यालय, चाबहिलमा सेवाग्राहीकाे चहलपहल सुरू भएकाे छ । तर साे कार्यालयबाट आन्तरिक प्रशासन, न्यूनतम मूल्यांकन, मुआब्जा, तलबभत्ता, अड्डाअदालन, महालेखा बेरूजु जस्ता कार्यहरू मात्र सम्पादन हुने जनाइएकाे छ ।
अन्य मालपाेतहरूमा पनि कर्मचारीहरुले स्वास्थ्य सुरक्षा सतर्कता अपनाई आन्तरिक प्रशासन व्यवस्थापन तथा अन्य अत्यावश्यक सेवा मात्र सञ्चालन गरिएकाे जनाइएकाे छ ।
प्रतिक्रिया