Pura Samachar

अष्ट्रेलियाले जिम्बावेविरुद्धको तीन खेलको एकदिवसीय सिरिज एक खेल अगाबै जित्यो

प्रकाशित: August 31, 2022
पूरा समाचार

अष्ट्रेलियाले जिम्बावेविरुद्धको तीन खेलको एकदिवसीय सिरिज एक खेल अगाबै जित्यो

काठमाडौं । घरेलु टोली अष्ट्रेलियाले पाहुना टोली जिम्बावेविरुद्धको दोस्रो एकदिवसीयमा जित निकालेको छ ।

टाउन्सभिल्लीमा बुधबार भएको खेलमा अष्ट्रेलियाले जिम्बावेलाई ८ विकेटले पराजित गरेको हो ।

यस जितसँगै अष्ट्रेलियाले तीन खेलको एकदिवसीय सिरिज एक खेल अगाबै जितेको छ ।  आईसीसी विश्वकप सुपर लिग अन्तर्गत सिरिजमा अष्ट्रेलियाले २-० को अग्रता समेत बनाएको छ ।

जिम्बावेले दिएको ९७ रनको लक्ष्य अष्ट्रेलियाले १४ ओभर ४ बम २ विकेट गुमाएर पूरा गर्यो ।

अष्ट्रेलियाका लागि स्टिभ स्मिथले  अविजित रहदै ४७ रन जोडे ।  एलेक्स केरी २६ रनमा अविजित रहदा डेभिड वार्नरले १३ रन बनाए ।

जिम्बावेका रिचार्ड एनगाराभाले २ विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको जिम्बावेले २७ ओभर ५ बलमा अलआउट हुँदै ९६ रन जोडेको थियो ।

विलियम्सले २९ तथा सिकन्दर राजाले १७ रन जोडे । रेगिस चाकबभा, टोनी र रायन ब्रुलले समान १० रन जोडे ।

अष्ट्रेलियाका लागि मिचेल स्टार्क र एडम जाम्पाले ३/३ तथा क्यामरुन ग्रीनले २ विकेट लिए ।

प्रतिक्रिया