Pura Samachar

अभिनेता पल शाहविरुद्धको मुद्दामाथिको सुनुवाइ आज पनि स्थगित

प्रकाशित: August 31, 2022
पूरा समाचार

अभिनेता पल शाहविरुद्धको मुद्दामाथिको सुनुवाइ आज पनि स्थगित

तनहुँ । नाबालिग गायिकालाई बलात्कार गरेको अभियोगमा कारागारमा रहेका अभिनेता पल शाहविरुद्धको मुद्दामाथिको सुनुवाइ आज पनि स्थगित भएको छ ।

जिल्ला अदालत तनहुँमा बुधबार न्यायाधीश दलबहादुर केसीको इजलासमा ताेकिएकाे सुनुवाइ उनी अनुपस्थित भएकाले राेकिएकाे हाे ।

नाबालिग गायिकाका बाबुले पलविरुद्ध प्रहरीमा किटानी जाहेरी दिएपछि उनी फागुन १५ गते पक्राउ परेका थिए । तनहुँ अदालतले शाहलाई गत चैत १० गते पुर्पक्षका लागि तत्काललाई थुनामा पठाउने आदेश दिएको थियो ।

कारागारमा रहेका शाहमाथि जिल्ला अदालत नवलपुरमा पनि बलात्कारको अर्को मुद्दा छ । नवलपुर अदालतले २१ भदौका लागि पेशी तोकेको छ । नवलपुरले पनि उनलाई थुनामा पठाउने आदेश नै दिएको थियो ।

जिल्लाको आदेशपछि शाह उच्च अदालत पोखरा पुगेका थिए । तर अदालतले निवेदनलाई अस्वीकृत गरेको थियो ।

प्रतिक्रिया