Pura Samachar

हालान्डकाे लगातार दोस्रो खेलमा ह्याट्रिक, सिटीकाे सानदार जित

प्रकाशित: September 1, 2022
पूरा समाचार

हालान्डकाे लगातार दोस्रो खेलमा ह्याट्रिक, सिटीकाे सानदार जित

एजेन्सी – नर्वेली युवा फरवार्ड एर्लिङ ब्राउट हालान्डको ह्याट्रिकमा म्यानचेस्टर सिटीले सानदार जित दर्ता गरेको छ ।
घरेलु मैदानमा सिटीले नटिङहम फरेस्टलाई ६–० को भारी अन्तरले पराजित गरेको हो ।

जुलियन अल्भारेजले दुई तथा जोआओ क्यान्सेलोको एक गोल थपे । हालान्डले लगातार दोस्रो खेलमा ह्याट्रिक पूरा गरेका हुन् । यसअघि हालान्डले क्रिस्टल प्यालेसमाथि ४–२ को जित निकाल्दा ह्याट्रिक पूरा गरेका थिए ।

सानदार जितसँगै सिटी ५ खेलबाट १३ अंक जोडेर दोस्रो स्थानमा यथावत रहेको छ । पराजित नटिङहम फरेस्ट ४ अंक जोडेर १५औं स्थानमा रहेको छ । शीर्षस्थानको आर्सनलको १५ अंक छ ।

प्रतिक्रिया