Pura Samachar

सुनचाँदीको मूल्य घटयाे

प्रकाशित: September 1, 2022
पूरा समाचार

सुनचाँदीको मूल्य घटयाे

काठमाडौं । साताको पाँचौ दिन आज बिहीबार पनि सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार ९ सयले घटेर ९३ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

तेजावी सुन प्रतितोलामा ९२ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्य बिहीबार ३० रुपैयाँले घटेर १ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

बुधबार सुन ८ सय र चाँदी १५ रुपैयाले घटेको थियो ।

प्रतिक्रिया